२०७९ फाल्गुन ९, मंगलवार ११:३४

भारतीय सीमा क्षेत्र नजिकैबाट प्रहरीले अवैध रुपमा ल्याएको चाँदी बरामद गरेको छ।

सप्तरीको कल्याणपुर बजारबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएका चाँदीका गरगहनाहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

झापाको शिवसतासी नगरपालिका वडा नम्बर ११ बस्ने ३१ वर्षीय कुमार तिरुवा विश्वकर्मालाई नियन्त्रणमा लिएको हो । उनको साथबाट पत्थरबिनाको बाला थान १६, ब्रासलेट ३ थान र चाँदीका टुक्राहरू गरी जम्मा तौल गर्दा ७५ तोला ८ आना बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले आवश्यक कारबाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठी सप्तरी पठाएको छ।

Comment

Related News

Latest News

Trending News