अपडेट 
२०७९ फाल्गुन ९, मंगलवार १६:४४

धनुषामा फागुन ११ गतेदेखि हात्ती पाईले रोगको औषधी खुवाइने भएको छ । फागुन ११ गतेबाट स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्ती पाईले रोग विरुद्धको तीन प्रकारको औषधि खुवाइन थालिएको छ ।

२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले जानकारी दिए । घर–घरमा गएर म्यापिङ्ग गरि हात्ती पाईले रोगको वास्तविक तथ्याकं शंकलन समेत गरिने उनले बताए ।

महोत्तरीमा हात्ती पाईले रोगको विरामी फेला परेपछि धनुषामा समेत औषधी खुवाउने अभियान सञ्चालन गर्न लागिएको हो ।

Comment

Related News

Latest News

Trending News