अपडेट 
२०७९ फाल्गुन १०, बुधबार ०७:२२

बिदाको दिन चलाएको भन्दै सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर गणेश चोकमा मंगलबार एउटा स्कुल बसमा तोडफोड भएको छ ।

लालबन्दी १ नवलपुरमा रहेको पिस जोन अंग्रेजी आवासीय विद्यालयको ना १ क ८८३४ नम्वरको बसमा तोडफोड गरिएको छ । सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरी स्कुल बस संचालन गरेको भन्दै जनजाति युवा महासंघ सर्लाहीका कार्यकर्ताले स्कुल बसमा ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट स्कुल बसका सिसाहरु फुटेका छन् । प्रहरीले स्कुल बस तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ । सरकारले शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको थियो । सर्लाहीमा भने सार्वजनिक बिदाको दिन पनि अधिकांश निजी बोडिङ स्कुलहरु खुलेको थियो ।

Comment


Related News

Latest News

Trending News