अपडेट 
२०७९ फाल्गुन १०, बुधबार १८:२४

मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत अनुसार सरकारलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो ।

सो समितिमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समयसमयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने काम गर्नेछ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न जसपाले मातहत समितिलाई बुधबार परिपत्र पनि गरेको छ ।

Comment


Related News

Latest News

Trending News