अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०६:५३

सप्तरीकी एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । रुपनी गाउँपालिका –१ रायपुरकी सरस्वती रामले मंगलबार तीन बच्चालाई एकै पल्टमा जन्म दिएकी छन् ।

प्रसुती व्यथाले च्यापेपछि धरान स्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएकी उनले शल्यक्रिया मार्फत एकै पटक तीन सन्तानको जन्म दिएकी छन् । तिम्ल्याहा बच्चा मध्ये दुई छोरा र एक छोरी छन् । तीन वटै बच्चाको तौल भने कम रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । पहिलो बच्चा (छोरा) को तौल १.६६० केजी, दोश्रो (छोरा) को तोल १.४८० केजी र तेश्रो (छोरी) को तौल १.६६१ केजी छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

बच्चालाई स्वस्थ राख्न बुधवारदेखि अस्पतालद्वारा इन्कुवेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पु¥याउने काम भइरहेको परिवारजनले जनाएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले परिवारजनले सहयोगकालागि आग्रह गरेका छन् ।

Comment

Related News