अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०६:५८

चुरे तथा वनजंगल संरक्षण अभियानले आफनो माग र मुद्दा प्रति ध्यानाकषर्ण गराउने उद्देश्यले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र वुझाएको छ ।

अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवको अगुवाईमा बुधबार गएको टोलीले मुख्यमन्त्री यादव काठमाण्डु गएको अवस्थामा कार्यालयका सचिवलाई ज्ञापनपत्र वुझाइएको जनाइएको छ । ज्ञापनपत्रमा अभियानले उठाएका जनताको मौलिकहक प्रति संवेदनशील भएर त्यसको कार्यान्वयनका लागि पहल गर्न उठान गरिएको छ । त्यसैगरी अभियानका टोलीले बुधबार नै धनुषाका प्रमुख जिल्ला अधिकारी केशवराज दाहाललाई समेत शान्तिसुरक्षाका लागि ज्ञापन वुझाएको छ ।

अभियानले बिहीबार देखि सुरु गर्न गइरहेको अनिश्चितकालीन धर्ना कार्यक्रममा हजारौको संख्यामा सर्वसाधारणहरुले सहभागिता जनाउने र रातदिन त्यहि बिताउने भएकोले शान्तिसुरक्षाका लागि पहल गर्न ज्ञापन पत्र बुझाइएको अभियानका संरक्षक तथा सामाजिक अभियन्ता सरोज रायले बताएका छन् । अभियानका संयोजक सुनिल कुमार यादवको अगुवाईमा गएको टोलीमा सरोज राय, सल्लाहकार संजय कुमार साह, संस्थाका प्रेस सल्लाहकार प्रमोद साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News