अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०७:३४

धनुषा प्रहरीले दुई वटा टिपर नियन्त्रणमा लिएका छन् । बुधबार कमला खोलाबाट अवैध बालुवा र गिट्टी उत्खनन् गरी ल्याउँदा जनकपुरधामबाट दुई टिपरलाई नियन्त्रणमा लिइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका – १ शहीद चोक स्थित बेंगाशिवपुरबाट भ्याट बिलसमेत नरहेको टिपर नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीको अनुसार ज.१ क.३७४ र प्रदेश २–०२–००१ क ०००१ नम्बरका टिपर हरूलाई नियन्त्रणमा लिएका छन् । टिपरलाई आवश्यक कारबाहीको लागि आजै जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाइएको छ । सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News