अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०७:५३

महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर परिसरमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह एवम् गढीमाई धार्मिक महोत्सव विधिवत रुपमा बुधबार सम्पन्न भएको छ । फागुन २ गते देखि सुरु भएको सो भागवत गढीमाई बहुमुखी क्याम्पसका लागि जग्गा खरिद तथा भवन निर्माण गर्ने उद्देश्यका साथ आयोजना गरिएको क्याम्पसका अध्यक्ष विजय स्वर्णकारले जानकारी दिए ।

यज्ञमा अहिले सम्म विभिन्न दाताहरुले ३७ कठ्ठा जग्गा दान गरेका छन् भने तुलादान, चन्दा सहयोग, गरी करिब साढे ४ करोड रुपैयाँ संकलन भएको भवन निर्माण तथा जग्गा खरिद व्यवस्थापन समितिले जनाएको छ । तराई मधेशको जिल्लाहरुमा सम्भवतः पहिलो पल्ट यस्तो महायज्ञ संञ्चालन भएको आयोजकले दाबी गरेका छन् । यज्ञमा सबैभन्दा बढी राष्ट्रिय सभाका पूर्व सदस्य रमेश यादवले २५ लाख ६२ हजार दान गरेका छन् भने जिल्ला समन्वय समिति बाराका संयोजक नरेन्द्र साहले २५ लाख, गढीमाई मन्दिर विकास तथा संचालन समितिका अध्यक्ष रामचन्द्र साहले २१ लाख, महागढीमाई नगरपालिका– १ का वडाअध्यक्ष मनोज साह कानुले १२ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ,राजेन्द्र कुशवाहाले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, जयमंगल कुशवाहा ५ लाख ५५ हजार, रामबाबु यादवले ५ लाख ५१ हजार, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले ५१ हजार, नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशंकर यादवले १ लाख ५१ हजार र भारत बिहारका साई सुईटसका मालिक सुदेश गुप्ताले ५ लाख ५५ हजार, नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादवले ५ लाख ५१ हजार, वडा नम्बर ७ का वडाअध्यक्ष शिवेन्द्र प्रताप सिँहले १ लाख १ हजार, महागढीमाई नगरपालिका वडा नम्बर २ का मदन मली डोम र उनका श्रीमती रेखा मली डोम ३१ हजार १ सय ११, भाई मनोज मली डोम बुहारी सुनिता मली डोम ५ हजार १ सय ५ रुपैयाँ दान गरेका भागवत सप्ताह तथा गढीमाई धार्मिक महोत्सवका अर्थ कमिटी सदस्य दीपप्रकाश गुप्ताले बताए ।

बुधबार आयोजित यज्ञ समापन कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष एवम् मधेश प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवले क्याम्पसका लागि जग्गा खरिद एवम् निर्माण गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यतm गरेका थिए । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवको सक्रियतामा सम्पन्न सो समापन कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सासद एवम नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति जीतेन्द्र यादव, जिल्ला समन्वय समिति बाराका संयोजक नरेन्द्र साह, बारागढी गाँउपालिकाका अध्यक्ष अशोक जयसवाल, गढीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह लगायतका व्यक्तिले आ– आफ्नो विचार व्यक्त गरेका थिए ।

Comment

Related News

Latest News

Trending News