
जनकपुरधाममा अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । जनकपुर क्रिकेट एकेडमीको आयोजनामा यही फागुन १६ गतेदेखि बारहबिघा मैदानमा प्रतियोगिता हुन लागेको जनाइएको छ । खेल–खेलाडीको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक प्रशान्त कर्णले जानकारी दिए ।
उनका अनुसार हरेक तह, उमेर समूहलाई खेलसँग जोड्नुको साथै स्वस्थ्य बनाउनको लागि खेल प्रतियोगिता आयोजना हुन लागेको छ । प्रतियोगितामा १६ वटा कलेजको टोली सहभागी हुने अनुमान गरिएको राष्ट्रिय टीमका खेलाडी तथा हरिज स्पोर्टस जोनका सञ्चालक हरिशंकर साहले बताए । जसमध्ये १२ वटा टीमले नामांकन गराइसकेको बुझिएको छ । डिउज बलले नक आउट प्रणालीमा खेल हुनेछ । प्रतियोगितामा प्रतिभावान खेलाडी छनोट गरी नियमित क्रिकेट अभ्यास गराउने आयोजक संस्थाको तयारी छ ।
यसअघि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई छनोट गरी तीन वटा टीम बनाइएको छ । उनीहरु अहिले नियमित क्रिकेट अभ्यास गरिरहेका छन् । प्रतियोगितामा विजेता, उप– विजेतालाई आकर्षक ट्रफि, वेस्ट फिल्डर, बलिङ, ब्याटसम्यान र किपरलाई पनि प्रोतसाहन गर्न प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले जानकारी दिए ।