अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०८:०५

बाराको जितपुरमा दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिताको आयोजना हुने भएको छ ।

नेपाल सितोरियो कराते शाखा डोजो जितपुरको आयोजनामा प्रतियोगिताको हुने भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । उपमहानगरपालिका–७ शान्ति टोल खेल मैदानमा फागुन १२ र १३ गते कराते प्रतियोगिता हुने आयोजक डोजो शाखाका अध्यक्ष तथा प्रशिक्षक मनोज साहले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने विजेतालाई १५ हजार , दोस्रो स्थान प्राप्त गर्नेलाई १० हजार तथा तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद,मेडल र शील्ड प्रदान गरिने छ । प्रतियोगितामा ४ लाख ३५ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उपमहानगरपालिकाको कार्यालय –७ को कार्यालय, बाबा हार्डवेयर, आरभ टे«ङ्गि, राजा स्क्रिन प्रिन्टिङ्गस, रेबन फुलट्रीप ढुवानी सेवा एण्ड सप्लायर्स र एन.एन.कन्स्ट्रक्सन कम्पनी वीरगञ्जले प्रतियोगितामा आर्थिक सहयोग गर्ने बताइएको छ ।

Comment


Related News