अपडेट 
२०७९ फाल्गुन ११, बिहीबार ०८:११

नव मिथिला फाउण्डेशनद्वारा जनकपुरधाममा आयोजना गरिएको एक दिवसीय माछा महोत्सवमा लुट मचाइएको छ ।

बुधबार माछा महोत्सवमा बिना स्टलकै महोत्सवको आयोजना गरिएको देखिएको छ । महोत्सवको नाममा स्ट्रोङ बियरलाई मुख्य प्रायोजक बनाएर मदिराको प्रचार–प्रसार गरिएको आरोप स्थानीयवासीहरुले लगाएका छन् । प्रायोजक संस्थासंग मोटो रकम असुली गरेको स्रोतले जनाएको छ । तर माछा व्यापारी र कुनै पनि स्टलमा परामर्शदाताको उपस्थिति थिएनन् । माछा महोत्सव अवलोकन गर्न पुगेका सयौं सर्वसाधारणहरु रेल्वे स्टेशन परिसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुको नाचगान हेरेर फिर्ता भएका थिए । खल्लो र बिना दर्शककै बीच महोत्सवमा चर्चित नेपाली व्यंग्यकार आदर्श मिश्रा र जागेश ठाकुरको प्रस्तुतिसमेत राखिएको थियो । तर त्यहाँ पनि खासै उपस्थिति देखिएको थिएन् ।

आयोजकसंग सम्बन्धित केही व्यक्तिबाहेक ५० जना भन्दा बढी दर्शकसमेत पुग्न नसकेको देखिएको थियो । फितलो व्यवस्थापनको कारण व्यवसायीहरु माछा महोत्सवमा सहभागी नै भएनन् । स्थानीयवासीहरुले यस महोत्सवलाई बजेटको दुरुपयोग गर्ने मेसोको रुपमा लिएका छन् ।

Comment

Related News