
सुनचाँदीको भाउ आज घटेको छ। सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनकाे भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ।
यो हिजोको भाउभन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।