अपडेट 
२०७९ फाल्गुन १२, शुक्रबार ०७:०६

मलंगवामा बिहीबार आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास (डेमो) प्रदर्शन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई समेत सहभागी गराई जिल्ला समन्वय समितिको तीनबिघे मैदानमा आगलागी नियन्त्रण तथा उद्धार कार्यको संयुक्त अभ्यास गरेका छन् । सो कार्यको जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलगायतले निरीक्षणसमेत गरेका छन् । सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम धेरै हुने भएकाले सबै सुरक्षा निकायबीच समन्वय गरी आगलागी नियन्त्रण तथा उद्धार अभ्यास गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी कैलाश राईले बताए ।

उनले तीनबिघे मैदानमा सानो झुप्रो बनाइ त्यसमा आगो लागेको देखाइ सो आगलागी नियन्त्रण गर्दै आगोमा परी घाइते भएकालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको दृश्य प्रदर्शन गरिएको थियो ।

Comment

Related News

Latest News

Trending News