अपडेट 
२०७९ फाल्गुन १२, शुक्रबार १४:५७

सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो ।

अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।

यस्तो बिदाको दिन १० बजेदेखि १:३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ । यस बेला बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने

अब भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागु हुने भएको छ । तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँरब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने नेपाल राष्ट्र बैंकको नयाँ नियममा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News