अपडेट 
२०७९ फाल्गुन १३, शनिबार ०७:४९

जनकपुरधाममा एक बालकको गेटमा किचिएर मृत्यु भएको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका –११ मिल्स एरियास्थित फलामे गेट सडकतर्फ झर्दा सडकमा खेलिरहेको तीन वर्षीया अली हुसैनको किचिएर मृत्यु भएको छ ।

फलामे गेट सडकतर्फ खस्दा किचिएर आलम राइनको छोरा हुसैनको मृत्यु भएको छ । उक्त गेट जनकपुरमा बाबा पेट्रोल पम्पका सञ्चालक विष्णुदेव साहको रहेको बताइएको छ । घटनापछि मृतक बालकका आफन्तले आक्रोशमा साहको घरमा तोडफोड गर्ने प्रयास गरेका थिए । प्रहरीले घरधनी साह र उनका छोरालाई सोधपुक्षको लागि शुक्रबार नै नियन्त्रणमा लिएको थियो । पुरानै गेट रहेको र कसरी झरेको विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News