अपडेट 
२०७९ फाल्गुन १३, शनिबार ०७:५४

धनुषाको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा सरसफाइ गरिएको छ । शुक्रबार नियमित सरसफाइ अन्तर्गत जानकी मन्दिर परिसरभित्र सरसफाइ गरिएको छ ।

पान, गुटखा, पानीको बोतललगायतको फोहोर जानकी मन्दिरमा दुर्गन्धित हुन थालेपछि सिडिओ दाहालले आफैँ नेतृत्व लिइ सफाइमा जुटेका छन् । उनीसहितको टीमले बिहानै जानकी मन्दिर पुगेर सफाई गरेका थिए । स्वस्थ्य, स्वच्छ र सफा जनकपुरधामको नारासहित साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत सिडिओ दाहालले जिल्ला प्रहरी कार्यालय धनुषा, सशस्त्र प्रहरी बल गण ८ धनुषा, नागरिक समाज धनुषा, अधिकृत सँगम, श्रीनाथ गण धनुषा र स्थानीय क्लबहरु सरसफाइमा जोड दिएका छन् ।

जिल्ला अधिकारी दाहालले जानकी मन्दिर जस्तो विश्वप्रसिद्ध र हिन्दूहरुको आस्थाको केन्द्रमा फोहोर दुर्गन्धित हुनु लज्जास्पद रहेको बताए । उनले परिसरभित्र फोहोर नै गर्न नहुने अवस्था सिर्जना गर्नुपर्ने नियम कानून लागु हुनुपर्ने धारणा राखे । जानकी मन्दिर परिसरभित्र पान, गुटखा खानु निषेध गर्नेगरी कानून मन्दिर पक्षबाट पनि हुनुपर्ने बताए ।

Comment

Related News