
मुलकको चौंथो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ ।
शुक्रबार साँझ आठ दल बिच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन ।