
जिल्ला अदालत धनुषाले दिलीप महतोको हत्यामा दोषी ठहरिएका बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोलाई २५ वर्ष जेल चलान भएको सजाय सुनाएको छ।
सुनुवाइमा सो मुद्दामा जोडिएका तीन जनालाई दोषी ठहर गरे पनि सजाय निर्धारण भएको थिएन । शुक्रबार कैद सजाय तोक्दै अदालतले मुख्य योजनाकार देखिएका चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक महतोलाई जन्मकैद र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ ।
हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवानाको सजाय निर्धारण गरेको छ । उनीहरूको सम्पत्तिबाट क्षतिपूर्ति असुल नभए सरकारको विपद् कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन अदालतले आदेशमा उल्लेख छ । क्रसर सञ्चालक विपिनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार यादवले अदालतबाट सफाइ पाएका छन् ।
२०७६ पुस २५ गते घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका– ५ श्रीपुरका २४ वर्षीय दिलीपको हत्या भएको थियो। हत्यापछि सवारी दुर्घटना बनाउने प्रयास भएको थियो ।