अपडेट 
२०७९ फाल्गुन १३, शनिबार ०८:२४

धनुषा प्रहरीले विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले एकैदिन १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मुद्दामा फरार रहेका फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश गौतमले जानकारी दिए । पक्राउ पर्नेमा जिल्लाको विदेह नगरपालिका–५ का कर्तव्य ज्यान मुद्दाका सहमद राईन, गणेशमान चारनाथ न.पा–३ का लागूऔषध मुद्दाका अनिल मण्डल, धनौजी गापा–३ का गालीगलौज मुद्दाका रामदेव मुखिया, जनकपुरधाम– २० का कुटपिट मुद्दाका राम किशोर दास तत्मा, गंगा दास, श्रीवती पेकी तत्वनी, रामहित दास, चन्देश्वर दास, पुनित दास, जनकपुरधाम–२० का सम्बन्ध विच्छेद मुद्दाका रामवृक्ष मण्डल, मुखियापट्टी मिसहरनिया गा.पा–६ बस्ने कुटपिट मुद्दाका लाल मण्डल र बहादुर यादव, क्षीरेश्वरनाथ न.पा–१ का रामेश्वर सदा, टिका प्रसाद यादव र हृदय यादव तथा जनकपुरधाम–२४ बसहिया का रामदेव मुखिया विन रहेका छन् ।

Comment

Related News