अपडेट 
२०७९ फाल्गुन १३, शनिबार ११:५०

जनकपुरधामबाट सञ्चालित इन्टरनेट मार्केट टुडे फेरि सन् २०२३ गुगल प्रिमियर पार्टनरको उपाधि पाउन सफल भएको छ ।

इन्टरनेट मार्केट टुडेले यस वर्ष पनि २०२३ को उपाधि सफलतापूर्वक हासिल गरेको छ । धनुषाका अमित झाले सञ्चालन गरेको इन्टरनेट मार्केट टुडे एक दशकदेखि गुगल मार्फत डिजिटल मार्केटिङको काम गर्दै आइरहेका छन। इन्टरनेट मार्केट टुडे नेपालकै एक मात्र स्थापित गुगल प्रिमियर पार्टनर रहेको छ । केही वर्ष यता वर्षेनि निरन्तर प्रिमियर पार्टनरको उपाधिमाथि पाउन सफल छ । यस संस्थाले व्यवसायहरूलाई उनीहरूको लक्षित दर्शकहरुसंग लागत प्रभावी रूपमा पुग्न प्लेटफर्म प्रदान गर्दछ। यद्यपि, गुगल विज्ञापन अभियानहरू प्रवन्ध गर्नु व्यवसायहरूको लागि चुनौतीपूर्ण कार्य हो । त्यसैले गुगलले यसको प्रिमियर साझेदार कार्यक्रम प्रस्तुत गरेको छ। यस कार्यक्रमले गुगल विज्ञापन अभियानहरू प्रवन्ध गर्न उत्कृष्टता प्रदर्शन गरेका कम्पनीहरूलाई मान्यता दिँदै आएको छ ।

सन् २०१३ मा झाले सञ्चालन गरेको इन्टरनेट मार्केट टुडे नेपालकै गुगललाई फाइदा पुर्याउने एकमात्र ठूलो संस्था रहेको छ । छोटो अवधिमा नै इन्टरनेट मार्केट टुडे प्रतिष्ठित गुगल पार्टनर र प्रिमियर पार्टनर बन्न सफल भइसकेका छन्

Comment


Related News

Latest News

Trending News