२०७९ फाल्गुन १३, शनिबार ११:५७

नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ।

शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् नै राख्ने निर्णय गरेको हो।

बैठकले २५ गतेसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको उपमहासचिव पृथ्वीसूब्ब गुरुङले जानकारी दिए। उनले पुस १० गतेको सहमति कायम नै रहेको जानकारी दिए। ‘पुस १० गतेको निर्णयअनुसार अगाडि बढ्छौं। सोही अनुसार राष्ट्रपति चयन गर्नुपर्छ। कांग्रेससहितका दलहरुलाई सहमतिमा ल्याउन प्रयास गर्छौं,’ उनले भने।

उपमहासचिव गुरुङले आठ दलीय गठबन्धन नबनेको दाबी गर्दै पुस २५ गतेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए।

Comment

Related News

Latest News

Trending News