
भारतीय महाबाणिज्य दुतावासले खेलकुद प्रतियागीताको आयोजना गरेको छ ।
भारतले मनाउदै आइरहेको आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत, बीरगंज स्थित भारतीय महावाणिज्य दूतावासले ‘एथलेटिक्स मीट’प्रतियोगीताको आयोजना गरिएको जनाएको छ । उक्त प्रतियोगीतामा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना, बीरगंज महानगरपालिका नगर प्रहरी र कर्मचारी , नेपाली युवा उद्यमी मञ्चका युवाहरु र भारतीय महावाणिज्य दूतावासका खेलाडीहरुको सहभागिता रहेको थियो । १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १६०० मिटर, ५००० मिटर, ४०० मिटरको रिले र ४×४०० र लङजम्प, हाई जम्प, सट पुट र डिस्कस थ्रो खेल प्रतियोगिताहरू आयोजना गरिएको थियो।
महावाणिज्य दूत नितेश कुमारद्वारा बिहान ७ बजे झण्डा देखाएर दौडको शुभारम्भ गर्नुभयो । सबै कार्यक्रमहरु सहभागीहरुको पूर्ण उत्साहका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । प्रत्येक खेलका बिजयी प्रतियोगीहरुलाई स्वर्ण, रजत र कांस्य गरी तीनवटा पुरस्कार प्रदान गरिएकोे थियो । वीरगन्ज महानगरपालिकाका एक खेलाडी सर्वउत्कृष्ट खेलाडी घोषित गरिएको थियो भने पुरस्कार वितरण समारोहमा बीरगंज महानगरपालिका सर्वोत्कृष्ट टिम समेत घोषित भएको थियो ।
दुबैदेशका सुरक्षा अधिकारी तथा जनता बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न र विभिन्न सरकारी संस्था, नागरिक समाज र महावाणिज्य दूतावास बीच सद्भाव, समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको भारतीय महाबाणिज्यदुतले बताउनु भएको थियोहो । कार्यक्रममा १०० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।