अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०६:३१

रौतहटको मौलापुर नगरपालिकामा कर्मचारीहरु भयपूर्ण वातावरणमा कामकाज गर्न बाध्य भएका छन् । नेकपा माओवादीबाट नेकपा एमाले हँुदै अहिले आम जनता पार्टी खोलेका रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साह र साहका समर्थक कार्यकर्ताका कारण सरकारी कार्यालयका कर्मचारीहरु मानसिक दबाबमा कामकाज गर्न बाध्य भएका छन् ।

२०७० सालमा सेवा केन्द्र विस्तारको सिलसिलामा मौलापुरमा स्थापना भएको मालपोत कार्यालय , नापी कार्यालय , नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रलगायतका कार्यालयका कर्मचारीमाथि दमन ,शोषण ,कुटपिटको घटना हुँदै आएको छ। प्रभु साहको कार्यकर्ताहरुले कार्यालयमा पुगेर कानून विपरीत कार्य गर्न दबाब दिने काम नगरेपछि सरुवा गरिदिने धम्की दिने,गाली बेइज्जति गर्ने ,कुटपिट गर्ने कार्य गर्ने गरेको कारण त्यहाँ रहेका सरकारी तथा गैर सरकारी संघ सस्था ,कार्यालयका कर्मचारी भयभीत भएर कार्यगर्ने गरेको बुझिएको छ । सत्ता पहुँच पावरको आडमा प्रभु साहले मौलापुरमा भएको कार्यालयहरुमा आफ्नो नातागोता , आफन्त ,पार्टी कार्यकर्ताको करार सेवामा भर्ना गराएका छन् । केही दिन पहिला नापी कार्यालयका प्रमुखलाई अभद्र व्यवहार गरेका सांसद प्रभु साहका दाहिना हाथ भने चिनिने त्रिभुवन साह भनिने अमर साहका टोलीले फागुन ४ गतेका दिन नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका सहायक ईजिनियर महेन्द्र चौधरीलाई कार्यालय भित्र प्रवेश गरीसमेत कुटपिट गरेका थिए । अवैध रुपमा विद्युत जड़ांन गर्न दबाब दिदा कर्मचारीले अस्वीकार्य गरेपछि सांसद साहका पार्टीका जिल्ला संयोजकसमेत रहेका अमर साहको नेतृत्वमा गएका २० – ३० जनाको समूहले कुटपिट गरेको घटना कार्यालयमा जडान गरिएको सीसी टीभी फुटेजबाट प्रमाणित हुँदा हँुदै पनि रौतहटका स्थानीय प्रसाशन आरोपितलाइ नियन्त्रणमा लिन सकेको छैन । तत्कालीन माओवादी पार्टीमा आवद्ध हुँदाका बेला विभिन्न हत्याको घटनामा नाम जोडिएको साहमाथि पावर पहँुचको आधारमा नेपाल सरकारले कारबाही गर्न नसकेका कारण मनोवल बढेको स्थानीयले बताएका छन् । मौलापुर नगरपालिकामा विभिन्न बहनामा सरकारको बजेट दुरूपयोग गर्ने गरेको भए पनि सम्बन्धित निकायले कारबाही गर्न नसकेको कारण दण्डता , उदण्डता बढेको बुझिएको छ । एक कर्मचारीले अनाहक रुपमा तनाव धम्की दिने गरेको बताएका छन् ।

साहको पत्नी रीना साह प्रमुख भएको मौलापुर नगरपालिकामाथि ५१ करोड भन्दा बढी बेरुजु रहेको महालेखा परीक्षण प्रतिवेदनबाट देखिएको छ । जातीयताप्रति बढी जोड दिने साहले उपसचिवको दरबन्दी भए पनि ईन्जिनियरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेर नगरपालिकाको काम काज गराउने गरेका छन् । ईन्जिनियर रामबाबु साह निमित प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्दै आएका छन् । साहले मौकाको फायदा उठाउदै नगरपालिकामा आफ्नो श्रीमती,सालो ,सालीलाई करार सेवामासमेत नियुक्ति गरेको स्रोतले जनाएको छ । ईन्जिनियर साह प्रभु साहको समर्थक रहेका छन् भने श्रीमती रानी साह नेकपा माओवादीका समर्थक रहेका छन् ।

रोजगार शाखाका जिम्मेवारी लिएका श्रद्धा अर्याल भन्ने सुमन अर्यालले आर्थिक वर्ष २०७७÷०७८ मा दोहोरो तलव सुविधा लिएका थिए । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्य गर्दै आएका अर्यालले रोजगार सहायकका रुपमा पनि काम गरेर तलव बुझेको प्रमाण प्रतिवेदनबाट देखिएको छ । अहिले नगर प्रमुखको साथमा रहने अर्याल लघुवित्त शाखाको जिम्मेवारी पनि निर्वाह गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News