अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०६:४७

मधेश प्रदेश सरकारका वन उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवले वन उपयोग नीति बिना वनका काठहरु खेर जाने गरेको बताएकी छन् ।

बाराको पथलैयामा गढीमाई साझेदारी वनले आयोजना गरेको होली मिलन समारोहमा उनले वन संरक्षणको धेरै उपायको विषयमा उपभोक्तालाई जानकारी गराइयो तर वन उपभोगको सही तरिकाको विषयमा जानकारी दिन नसक्दा काठ कुहिएर र आगलागी भएर खेरगएको बताइन् । प्रदेश सरकारले वन उपयोग नीति पारित गरिसकेकाले त्यसको कार्यान्वयनतर्फ मन्त्रालयले गम्भीरतापूर्वक लाग्ने बताएकी छन् । गढीमाई साझेदारी वनका अध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष साहले वन मन्त्री यादवलगायत सहभागीहरुलाई अबिर लगाएका थिए ।

Comment


Related News

Latest News

Trending News