अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०६:५६

वीरगञ्ज महानगरपालिकाले विभिन्न ४८ पदका लागि कर्मचारी माग गर्दा १ हजार ६८२ जनाले आवेदन बुझाएका छन् ।

सबैभन्दा बढी कम्प्यूटर अपरेटरका लागि आवेदन परेको छ । कम्प्युटर अपरेटर ३३ जना माग गरेकामा आवेदन बुझाउने अन्तिम दिन बिहीबारसम्म १ हजार ४८० जनाको आवेदन परेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । २ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जना, १÷१ जना माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमशः २८ र ३१ जना, अमीन सहायक चौथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ ।महानगरद्वारा गत २५ माघमा सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरिएको थियो ।

Comment

Related News

Latest News

Trending News