अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०७:१३

आठ दलको समर्थनसहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रपति पदका लागि मनोनयनपत्र दर्ता गराउनु भएको छ । शुक्रवारमा बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चासहितको वैठकले काँग्रेसका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको थियो । एमालेतर्फबाट पूर्व संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेद् वारी दर्ताका गराएका हुन् । अव, सत्ता समीकरणमा फेरबदल हुने निश्चित भएको छ । समयको खेल हेर्नुस ! ठीक दुई महिनाअघि शेरबहादुर देउवाको जुन अवस्था थियो । त्यस्तै, अवस्था अहिले केपि ओलीको भएको छ । उतिखेर, काँग्रेस निरीह बनेका थिए । ओलीको दरवारमा दलका नेताहरुको भिडभाडका साथै खुशीयालीको रौंनक छाएको थियो । सवैले ओलीको रणनीतिको प्रशंसक बनेका थिए । हेर्दाहेर्दै, काँग्रेसको एक चाल (प्रचण्डको विश्वासमत)ले ओली रणनीति धुजा– धुजा भएको छ । शतरञ्जको खेलमा अढाइ घरको चल्ने घोडाको एक चालले जितिरहेको प्रतिपक्षीलाई हराउने क्षमता राख्दछ । अहिले, देउवाको उस्तै, घोडाको जस्तै चाल(कदम)बाट ओली शिकार भएका हुन् । केपि ओलीले प्रचण्डलाई लोकेन्द्रबहादुर चन्दजस्तै ठानेको थियो कि ? २०५३ सालमा एमालेले राप्रपाका नेता लोकेन्द्रबहादर चन्दलाई प्रधानमन्त्री बनाएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौंतम थियो । नामको प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द थियो भने सत्तामा बर्चस्व एमालेको थियो । चन्दजस्तै ओलीले प्रचण्डलाई नामको प्रधानमन्त्रीमा सीमित राखी बर्चस्व आफ्नो हातमैं राख्न खोजेको थियो । त्यसको प्रमाणको रुपमा सत्ता साझेदार दलको न्यूनतम कार्यक्रम सार्वजनिक गरेको दिन मुख्य कुर्सीमा ओली विराजमान भएकाले नै पुष्टि गर्छ । यस्तो लाग्दथ्यो कि ओली नै सर्वेसर्वा हुन् । प्रचण्डमाथि दवाव बनाएर रवि लामिछाने गृहमन्त्री बनाएको थियो । साँसद पद गुमेका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनका लागि दवावले गर्दा प्रचण्ड ओलीको साथ छोड्न उपयुक्त समयको खोजीमा थियो । त्यो समय राष्ट्रपतिको निर्वाचनले साइत जुराएको देखिन्छ । ओलीजी एउटा कुरा के विर्सयो भने, दस बर्षसम्म जनयुद्ध हाँकेका नेता हुन, प्रचण्ड । त्यतिकै मात्र होइन कि पटक पटक प्रधानमन्त्री बनाउने र हटाउने खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति हुन् । यस्ता, व्यक्तिमाथि सवारी गर्न खोज्दा लड्नुपर्ने अवस्था निम्तने छ । देउवालाई प्रधानमन्त्री बन्न नदिनमा पुस १० गते ओलीले बाजी मार्नमा सफल रह्यो । तर, ओलीमा सधैं आपूmनै सवैसर्वा, आपूmले बोलेको र गरेका कार्य सवै ठीक छ भन्ने दम्भ छ । प्रतिनिधिसभाको पहिलो बैठकमैं संसद् विघटनको औंचित्यलाई पुष्टि गर्नका लागि दिएका अभिव्यक्तिपछि दलका प्रचण्डपनि झस्किएका थिए । मेरो नजरमा केपि ओली एकोहोरो किसिमको राजनीति गर्ने व्यक्ति हुन् । राष्ट्रपतिको सन्दर्भमा राजनीतिले कोल्टो फेर्न लागेको आभाष भएपनि ओलीले आफ्नो हठमैं अडिग रह् यो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने कुरा पटक पटक दोहराएको थियो । यस सन्दर्भमा ओलीले एमालेको उम्मेद्वारको नाममा राष्ट्रिय सहमति हुनुपर्ने अडान लियो । सत्ता समीकरणमा परिवर्तन गर्ने उद्देश्य राखेर नै प्रचण्डले राष्ट्रपति उम्मेद्वारका लागि राष्ट्रिय सहमतिको कुरा उठाएको हुनुपर्छ । एक महिनामैं प्रचण्ड आजित भइसकेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए र राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्री एवम् साँसदहरुले सवैधानिक राजतन्त्र, हिन्दु राष्ट्रका साथै सङ्घीयताको विरोधमा खुलेर बोल्न थालेको थिए । प्रधानमन्त्री प्रचण्डले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेललाई समर्थन गर्ने निर्णयको भोलिपल्ट अर्थात शनिवार नै राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउनुका साथै सरकारलाई दिएका समर्थन पनि फिर्ता लिएका छन् । तर, केपि ओलीले अहिलेसम्म राजीनामा दिने विषय केही बोलेको छैन् । उल्टै, पुस १० गतेको सहमतिको आधारमा माओवादी केन्द्रले सुभाषचन्द्र नेम्वाङलाई सहयोग गर्ने दावी गरेका छन् । राष्ट्रपति निर्वाचनसम्मको अवधिमा सम्बन्ध सुधार गरी सकभर सरकारबाट बाहिरिनु नपर्ने प्रयास गर्नेछन् ।

पूर्वराजाको सन्देशः सुझव कि चूनौंति

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रको सन्देशले नेपालको राजनीतिक क्षेत्रमा नयाँ तरङग उपन्न गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको नजरमा राजनीतिक दलका नेताहरु जनभावनाअनुरुप कार्य गर्न नसकेको हो । प्रत्येक बर्ष प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले सन्देश दिने गर्छन् । यसपल्ट, पूर्वराजाले राजनीतिक दलहरुलाई सचेत गराउन खोजेको रुपमा सम्झौं कि चूनौंति दिएको हो । दलका नेताहरुका कमीकमजोरी औंल्याउँदै उहाँले स्पष्ट रुपमा सहकार्यको आह्वान गर्नुभएको छ । यसको अर्थ राजसंस्थालाई पनि ठाउँ दिनुपर्ने रुपमा अथ्र्याउन सकिन्छ । ज्ञानेन्द्रको सन्देशलाई सकारात्मक रुपमा ग्रहण गर्नेहरु पनि छन् । खासगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले स्वागत नै गरेका छन् । दलका नेताहरुले पूर्वराजाको उक्त सन्देशले जनमानसमा कुनै प्रभाव नपर्ने तर्क राख्छन् । अव, मुलुकमा राजसंस्था इतिहासमा सीमित भइसकेका छन् । उक्त, सन्देशलाई ज्ञानेन्द्रको हुँकारको रुपमा व्याख्या गर्नेहरु पनि छन् । जेभएपनि, पूर्वराजाले आपूm मौंन नरहने जस्ता शब्द सन्देशमा उल्लेख गरेपछि मुख्य दलका नेताहरुलाई झस्काएको हुनुपर्छ । नेपालमा राजनीतिक अस्थिरताले गर्दा जनतामा निराशा छन् । तर, यसको मतलव यो पक्कै होइन कि सङ्घीय गणतन्त्रबाट जनताको विश्वास उठ्न लागेको छ । पूर्वराजाले राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहरिँदै तेहरिँदै आएपनि फेरिदै बदलिदै गएपनि हाम्रो विद्यमान राज्य ब्यवस्थाले सुख शान्ति र राष्ट्रको समृद्धिमा गहन योगदान गरेको देखिन्न भन्ने सन्देशमा उल्लेख गरेका छन् । यस विषयमा दलका शीर्ष नेताहरुले केही प्रतिक्रिया दिएको देखिएन् । तीनपटक प्रधानमन्त्री बनेका केपि शर्मा, ओलीले ‘पूर्वराजालाई पुरानो झल्को आइराख्छ, त्यो झल्काले, दुई चारजना मान्छे वरपर देख्यो भने उहाँलाई अलि अलि जोस्याउँछ ।’ पूर्वराजाको सन्देशमा उल्लेख भएका दोहरिँदै तेहरिँदै प्रधानमन्त्री बन्ने सम्बन्धमा केही बोल्नु भएन् । त्यो सन्देशभित्र उल्लेख गरिएका शब्द झुठो र संविधानसम्मत छ भनेर प्रमाणसहित प्रतिवाद गर्नुपर्ने थियो । त्यसो नगरेको अवस्थामा पूर्वराजाको सन्देशले कतै न कतै वास्तविकतालाई छोएको छ भने बुझिन्छ । सो सन्देशप्रति मुख्य दलका नेताहरुले कुनै प्रतिक्रिया नदिएको भए कुरा बेग्लै हुन्थ्यो । प्रतिक्रिया दिएपछि ज्ञानेन्द्रको विज्ञप्तिमा उल्लेख गरिएका मुख्य कुराहरुको खण्डन गर्दा उचित हुने थियो । नेपालको संविधानले कुनै व्यक्ति पटक पटक प्रधानमन्त्री बन्न नसक्ने भनेर रोक लगाएको छैन् । लोकतन्त्रमा बहुमतप्राप्त पार्टीका नेता प्रधानमन्त्री बन्ने हो । पञ्चायतकालमा दोहरिँएर तेहरिँएर सूर्यबहादुर थापा, तुलसी गिरी र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनेका थिए । तत्कालीन राजाको आशीर्वादले उनीहरु पटक पटक प्रधानमन्त्री बन्न पाएका थिए । यी कुराहरु पूर्वराजा ज्ञानेन्द्र विर्सनु भएको छ । लोकतन्त्रमा जनताको अभिमत लिएर पटक पटक प्रधानमन्त्री किन बन्न नपाउने ? संसदीय प्रणालीमा बहुमत साँसद्को समर्थन लिएर जतिपटक पनि प्रधानमन्त्री बन्न संविधानले नै अधिकार दिएको छ । पूर्वराजाले मुलुकको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौंमिकतामा चिरा–चिरा पर्न थालेको आरोप लगाएको छ । उहाँले भन्नुभयो, “देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्थासँग आपसी विश्वासका साथ सहकार्यका विलम्ब गर्नु हुँदैन् ।” ज्ञानेन्द्रले आपूm पुनः स्थापित हुनका लागि नै सहकार्यको आह्वान गरेको स्पष्ट हुन्छ ।

ज्ञानेन्द्रको सहकार्यको प्रस्तावको विरोधमा विभिन्न दलका नेताहरुले आ–आफ्ना प्रतिक्रियामार्फत औंचित्यहीन भनेका छन् नेपालमा राजनीतिक अस्थिरता छ । आर्थिक क्षेत्रमा पनि शिथिलता छ । तर, शान्ति सुरक्षाको अवस्था धेरै विग्रेको छ भन्नु उचित होइन् । देशवासीमा आपसी सोहार्दता छ । विभिन्न जातजाति, भाषभाषिबीच एक अर्काको संस्कृतिको सम्मानगर्ने परम्परामा खलल नपरेको अवस्था छ । दुवै छिमेकी मुलुकसँग सम्बन्धमा पनि राम्रै छ । कहिँलेकाहि एकापसमा सानातिना वादविवाद हुनु सामान्य कुरा हो । मुलुकमा सवै वर्ग र समुदायलाई आ–आफ् ना अधिकारका लागि आवाज उठाउनका लागि संविधानले नै अधिकार दिएको छ । सोअनुरुप कुनैपनि समुदायले उठाएका आवाजलाई विद्रोह गरेको भन्न मिल्दैन् । पञ्चायतकालमा ‘एउटै भाषा, एउटै भेष’को अवधारणाबाट ‘माथि’ उठेर मुलुकका सवै भाषालाई राष्ट्रिय भाषाको रुपमा सूचिकृत गरिएको छ । यो कुरा सत्य हो, दलका नेताहरुलाई जनताको मनोभावनालाई आत्मसात गरेपनि कार्यान्वयन गर्ने प्रक्रिया फितलो छ । सोही कारणले जनता आक्रोसित हुने गरेका छन् । पूर्वराजाको सन्देशमा ‘देश र जनताभन्दा दलगत, पारवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका नेताहरु फसेका छन् ।’ उनले भने, ‘तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछायाँ नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ । प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरुको आन्तरिक सुधार एवम् विकल्पको गुन्जायस नेदेखेको आभाष समाजमा उजागर भएको छ ।’ परिवारवादका साथै लोभ र लालचमा फस्ने नेताहरु छन् । त्यस्ता, नेताहरुलाई जनताले मतदानमार्फत विस्थापित गर्नुपर्छ । विस्तारै विस्तारे राजनीतिक क्षेत्रमा देखिएका विकृति र विसङ् गतिलाई सचेत नागरिकले हटाउनका पहल शुरु गरिसकेका छन् । पञ्चायतकालमा पनि पञ्चहरुबीच गुटगत राजनीति थियो । लोकतन्त्रमा दल टुटनु र जुटनु सामान्य विषय हो । त्यो अधिकार संविधानले नै दिएको छ । राजावादी राप्रपा पार्टी अनेकौं पटक फुटेका छन् । यस विषयमा पूर्वराजालाई चिन्तित नहुनुपर्ने हो । पूर्वराजा शाहले प्रतिकूल परिस्थितिमा पनि आपूmहरुले संयमता नगुमाएको र देश नछोडेको भन्दै अव मौंन नबस्ने चेतावनी दिएको देखिन्छ । यस अभिव्यक्तिले कुनै प्रतिपक्षी दलका नेताले बोलेको जस्तो भान हुन्छ । पूर्वराजाको सन्देशमा कुशासन, भ्रष्टाचार र निराशलाग्दो अर्थ शिथिलता र सामाजिक विग्रहमा नेपाल फसेको छ उल्लेख गरिएको छ । यसका साथै, देशलाई वलियो बनाउने भावि पुस्तालाई समुन्नत नेपाललाई छोडेर जानका लागि राजनीतिक तथा सामाजिक रुपले दवाव दिने युवाशक्तिहरु बाहिर हुँदा राजनीतिक दलका नेताहरुलाई हाइसन्चोको भान होला । तर, स्वाभिमानी नेपालीहरु अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन् । भ्रष्टाचार पञ्चायतकालमा पनि थियो । अहिलेपनि छ । यसलाई न्यूनीकरण गर्न सकिन्छ । चीनमा भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्म पनि दिने गरिन्छ । तापनि, पूर्णरुपले रोकथाम हुन सकेको छैन् ।

पूर्वराजाको यस विषयमा चिन्ता जायज पनि छ । दलका नेताहरुलाई इमान्दारिता देखाउनुपर्छ । मुलुकमा रोजगारको व्यवस्था गर्नुपर्छ । दलका नेताहरु जहिलेपनि शाहवंशको २४० बर्ष शासनकालको इतिहास सुनाउँछन् । सो अवधिमा मुलुकको एकीकरण भएको थियो । भारतमा मुगल शासकका साथै विट्रिस–भारतबाट मुलुकलाई जोगाइ राख्नु आफैंमा धेरै ठूलो उपलब्धि हो । अर्को कुरा, अहिले मोवाइलको विक्रीबाट जति कर उठिन्छ, उतिखेर, त्योभन्दा पनि कम देशको राष्ट्रिय बजेट हुन्थ्यो । दोश्रो विश्वयुद्धपछि युरोपियन राष्ट्रले विकासका लागि अग्रसरता देखाएपछि सन् १९६०देखि विश्वमा विकासको लहर शुरु भयो । उतिखेर, सिङ्गापुर र थाइलेण्डलगायतका देशको तुलनामा नेपालको आर्थिक अवस्था राम्रो थियो । नेपाली नेताहरुले योजनाबद्ध ढङ्गले विकासका कार्य नगरेको कारणले विकासमा पछाडि पर्न गएको हो । ‘इतिश्री’ !

Comment


Related News

Latest News

Trending News