अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०७:१९

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रत्येक घरमा एकजना सदस्य बनाउने अभियानमा जुट्न अगुवा नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा शनिबार छुट्टाछुट्टै आयोजित क्षेत्रीय समन्वय बैठकमा पार्टीको सदस्यता वितरण र वडा कमिटीलाई प्रभावकारी बनाउन अध्यक्ष यादवले निर्देशन दिएका छन् । ‘ वडा कमिटी, पालिका कमिटी, प्रदेश र क्षेत्रीय कमिटी विघटन अथवा पुनर्गठन गरेर भए पनि संगठनलाई सशक्त बनाउनुपर्छ’ उनले भने, पक्ष र विपक्ष भन्दा पार्टीलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्छ । अध्यक्ष यादवले संगठन सुदृढीकरण अभियानको क्रममा हरेक वडामा कम्तीमा युवा र महिला संगठन पनि बनाउनुपर्ने निर्देशन दिए । संगठन सुदृढीकरणका लागि केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यसमेतको सहभागिता रहने निर्वाचन क्षेत्र नम्बर ४ को ५ वटै पालिकामा कार्यदल गठन गरिएको छ । कार्यदललाई फागुन महिना भित्र हरेक वडामा संगठन निर्माण गरिसक्नुपर्ने ‘डेडलाईन ’ निर्धारण गरिएको छ ।

आम निर्वाचनपछि संगठनको अवस्थाको समीक्षा गर्दै कार्यकर्ताहरुबाट कमीकमजोरी पत्ता लगाउने बैठकमा प्रयास गरिएको थियो । बैठकमा सहभागी कार्यकर्ताहरुले कमीकमजोरीको कारण र समाधानका उपाय बताएका थिए । बैठकमा प्रदेश अध्यक्ष रामबाबु यादव, प्रतिनिधि सभासदस्य दीपक कार्की, केन्द्रीय सदस्यहरु महाजन यादव, लालकिशोर साह, रामगोविन्द यादव , जिल्ला अध्यक्ष पशुपति यादवलगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News