अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०७:२३

जनकपुरधाममा ग्रिलको गेटमा किचिएर बालकको मृत्यु भएको घटनामा दोषीलाई कारबाही गर्न प्रहरीले आलटाल गरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन् ।

शनिबार बेलुका जउनपा–११ स्थित जानकी मन्दिर मिल्स एरिया सडक खण्डमा टायर बालेर बालकका परिवारजन तथा सयौंको संख्यामा रहेका स्थानीयवासीले प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका थिए । स्थानीयवासी हरुको आन्दोलनका कारण दुई घण्टासम्म सो क्षेत्रको अवस्था तनावग्रस्त बनको थियो भने उक्त सडक अवरुद्ध भइ सवारी आवागमन ठप्प बनेको थियो । सुरक्षाका लागि त्यहाँ ठूलो संख्यामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो । घटनामा दोषीलाई कारबाही गर्न मुद्दा दर्ता गर्नुपर्ने,आरोपितलाई पक्राउ गरी कारबाही अगाडि बढाउनुपर्ने माग गरेका छन् । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका –११ मिल्स एरियास्थित विष्णुदेव साहको घरको फलामे गेट सडकतर्फ खसेर सडकमा खेलिरहेको आलम राइनको तीन तीन वर्षीय छोरा अली हुसैनको किचिएर मृत्यु भएको थियो । त्यो गेट घरपट्टीले खोलेको र घटना भएको भन्दै दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् ।

घटनापछि मृतक बालकका आफन्तले आक्रोशमा शुक्रबार साहको घरमा तोडफोड गर्ने प्रयाससमेत गरेका थिए । यता प्रहरीले घरधनी साह र उनका छोरालाई सोधपुक्षको लागि शुक्रबार नै नियन्त्रणमा लिएको थियो तर अनुसन्धान उनीहरुलाई छाडिएको छ भने गेट खोलेर लडाएको आरोप लागेका विष्णुदेव साहको श्रीमती सोना साहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेदप्रकाश गौतमले जानकारी दिए । उनले भने,‘मुद्दा दर्ता नै नहुने होइन,घटनाको अनुसन्धान जारी रहेको छ,त्यसैले अहिले नै केही भन्न सकिन्न तर घटनाको प्रकृति अनुसार मुद्दा दर्ता हुनेछ ।’

Comment

Related News

Latest News

Trending News