
जनकपुरधामको एक मन्दिरमा चोरी भएको छ ।
मिथिला माध्यमिकी परिक्रमामा साधुसन्त तथा श्रद्धालु भक्तजनहरु व्यस्त रहेको समयमा जनकपुरधाम उपमहानगरपालिका– १२ स्थित हनुमानगढीमा रहेको हनुमान मन्दिरमा हनुमान भगवानको मुकुट, दानपेटिकालगायतका समानहरु चोरी भएको मन्दिरका पुजारी प्रमोद दासले बताएका छन् । यहाँ राम–जानकीको डोलासहित पदयात्रामा रहेका हजार ौंको संख्यामा श्रद्धालु भक्तजनहरु रात्री विश्राम गरी कल्याणेश्वरका लागि प्रस्थान गर्छन् । ऐतिहासिक धार्मिक हनुमान मन्दिरमा चोरीलाई स्थानीयवासीले गम्भीर रुपमा लिएका छन् । त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीहरुले प्रहरीसँग तत्काल चोरलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।