अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०७:३३

धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धनुषा जिल्लाको धनुषाधाम सबैला सडक खण्डको कुशमाहाको भित्रि सडक खण्डमा शनिबार दिउँसो प्र– ०२–००६–प–०६५२ नम्बरको मोटरसाइल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ९२३७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको बुझिएको छ । दुर्घटनामा परी प्र–०२–००६–प–०६५२ को मोटरसाइकल चालक सबैला गाउँपालिका–१० अमरखानाका २३ वर्षीया अजय कुमार यादवको र ज ११ प ९२३७ नम्बरको मोटरसाइकलमा पछाडि बसेका २४ वर्षीय जितु लोहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेदप्रकाश गौतमले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका अजय कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ भने जितुको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी,सोही दुर्घटनामा परी सबैलाकै २५ वर्षीय मनोज यादव र २२ वर्षीय सुरज मण्डल घाइते भएका छन् घाइतेद्वयको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको जनाइएको छ । घाइते मध्ये सुरज मण्डलको अवस्था गम्भीर रहेको छ । विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिदा युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News