अपडेट 
२०७९ फाल्गुन १४, आईतवार ०७:३७

धनुषा प्रहरीले चोरी गर्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–१ का २२ ऋषिकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–६ तारापट्टिका श्याम साहको घरमा चोरी गरिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतमले जानकारी दिए । ठाकुरलाई साहको घरभित्र प्रवेश गरी चोरी गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तारापट्टीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

यता,चोरी गरिरहेकै क्रममा पक्राउ परेका ठाकुरमाथि घटनास्थलमै कारबाही हुनुपर्ने माग गर्दै पीडित परिवार र स्थानीयले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन पनि गरेका थिए । पीडित परिवारले चोरी गरिरहेकै क्रममा पक्राउ परेका ठाकुरलाई आफूहरुले नै ठाउँका ठाउँ कारबाही गर्न पाउनुपर्ने अडान राख्दा प्रहरीसँग भनाभनसमेत भएको डिएसपी गौतमले बताए । तर, पीडित परिवारले भने प्रहरीले चोरलाई संरक्षण दिएर भगाउन खोज्दा आफूहरुले विरोध जनाएको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News