अपडेट 
२०७९ फाल्गुन १४, आईतवार १२:४२

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी–२० का अर्थमन्त्रीहरुको बैठक विनानिष्कर्ष सकिएको छ। भारतमा भएको जी–२० सदस्य देशका अर्थमन्त्रीहरुको बैठकमा रुसविरुद्ध निन्दाको प्रस्ताव पारित गर्न खोजिएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो।

चीनले यो प्रस्तावमा आपत्ति जनाएपछि बैठक घोषणापत्र नै जारी नगरि टुङ्गिएको छ। भारतको दक्षिणी सहर बेङ्गलुरुमा आयोजित बैठकमा भारतले रुस–युक्रेन युद्धबाट विश्व अर्थतन्त्रमा परेको असर न्यून गर्न बृहत् प्रस्ताव तयार पारेकोमा पश्चिमा देशहरुले घोषणापत्रमा रुसको निन्दा गर्ने बुँदा समावेश गरेपछि प्रस्ताव पारित हुन नसकेको हो।

चीनले पश्चिमा देशहरुले जी–२० समूहलाई अस्थिर बनाउन खोजेको आरोप लगाएको छ । यसैबीच जी–२० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल स्वदेश फर्कनुभएको छ । नेपाल जी–२० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो।

Comment


Related News

Latest News

Trending News