अपडेट 
२०७९ फाल्गुन १४, आईतवार २०:०४

चक्कु प्रहार गरी आफ्नै काकाको हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए । वृद्ध भत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

घटनालगत्तै विजेन्द्र फरार भएका थिए । लुकिछिपी बस्दै आएका उनलाई आइतबार राति पक्राउ गरिएको हो ।

Comment


Related News