अपडेट 
२०७९ फाल्गुन १४, आईतवार २१:२४

नेपाली कांग्रेस नेतृत्वको ८ दलको गठबन्धनले राष्ट्रपति निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेको छ । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेकाे गठबन्धनले कार्यदल गठन गर्ने भएको हो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् । राष्ट्रपति निर्वाचन २५ फागुनमा हुँदैछ ।

Comment


Related News