अपडेट 
२०७९ फाल्गुन १५, सोमबार ०७:१४

दूरसंचार सम्बन्धि कानुन समय सापेक्ष परिमार्जन हुन नस्कदा प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा सेवाग्राहीले इन्टरनेटलगायतका सेवामा समस्या झेल्दै आएको उपभोक्ताहरुले बताएका छन् ।

आइतबार ईटेक सलुशन प्रालिले जनकपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका छन् । २०६३ सालमा लागु भएको दूरसंचार सम्बन्धी कानून समय सापेक्ष संशोधन नहुँदा समग्र दूरसंचार सेवा प्रभावित हुने गरेको कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक रेवतिराम पन्तले जानकारी दिएका छन् । रि साइकल किङ्गको कारण प्रयोगकर्ताले आफ्ना मोबाइलमा रहेका ह्वाटस एपसमेत हेर्ने गरेको, पिएस ( प्वाईन्ट अफ सेल) बनाउँदा ग्राहकलाई समस्या देखिएकाले यस्ता त्रुटिहरुलाई रोक्न दूरसंचार सम्बन्धी कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । उनले दूरसंचार ऐन २०५३, दूरसंचार सेवालाई सुरक्षित र भरपर्दो कसरी बनाउने, प्राविधिकरणको काम र कर्तव्य, गुणस्तर निर्धारण, सेवा विस्तार, विवाद समाधान गर्ने अधिकार, निरीक्षण तथा जाँचबुझ, नेपाल सरकारको स्वामित्व हुने, अनुमति पत्र खारेज गर्ने सक्ने अवस्था, रोयल्टी, सेवा प्रदायक र ग्राहकबीचको सम्झौता, टावर निर्माण गर्दा अपनाउनुपर्ने लगायतका विषयमा धारणा राखेका थिए ।

आयोजक संस्था इटेक सोलुशन प्रा.लिका अध्यक्ष रंजन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा दूरसंचार विज्ञ सन्तोष सिग्देल, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले डाटालाई बढी भन्दा बढी सुरक्षित राख्नुपर्ने, सेवाको गुणस्तर उपभोक्ताको लागि महत्वपूर्ण भएकोले सरकार यसप्रति गम्भीर हुनुपर्ने, साइबरमा अहिले चारै तिरबाट आक्रमण हुने भएकोले यस्ता आक्रमणबाट उपभोक्ताहरु कसरी सुरक्षित गर्ने लगायतका विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

Comment

Related News

Latest News

Trending News