अपडेट 
२०७९ फाल्गुन १५, सोमबार ०७:२७

बहिरा बालक स्कुलका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा मिष्ठान भोजन गराएर एक वृद्धाले आफ्नो ७५ औं जन्मदिन मनाएका छन् ।

राजविराज– ७ का समाजसेवी ७५ वर्षीय फुसराज दुगड आइतबार सपरिवारसहित राजविराज –६ स्थित बहिरा बालक स्कुलमै पुगेर त्यहा अध्ययनरत ३५ जना सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण र मिष्ठान भोजन गराएका छन् । तामझाम गरी जन्म दिन मनाउनुका साटो कुनै मानवीय काम गर्नुपर्छ भन्ने सोचका साथ यसरी जन्म दिन मनाउने निर्णय गरेको दुगडले बताए । वितरण गरिएका शैक्षिक सामग्रीहरुमा स्कुल ब्याग, पानीको बोतल, पोशाक तथा कपी, कलम, इरेजर, पेन्सिललगायतका शैक्षिक सामग्री रहेका छन् ।

कार्यक्रममा दुगडका भाई हनुमान दुगड, वडा अध्यक्ष शशि चौधरी, निवर्तमान वडा अध्यक्ष मागिलाल नाई, समाजसेवी प्रेम श्रेष्ठ, कृष्णप्रसाद सिटौला, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो

Comment


Related News

Latest News

Trending News