२०७९ फाल्गुन १५, सोमबार १३:१९

नेकपा एमालेले  सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

परराष्ट्रमन्त्री विमला राई पौडेललाई मन्त्रीको रुपमा जेनेभा जानबाट रोक्नु, एमाले प्रतिपक्षमा जाओस् भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै अभिव्यक्ति दिएकाले एमाले सरकारबाट बाहिरिएको एमाले नेता विष्णु पौडेलले जानकारी दिए।

हाललाई संघीय सरकारबाट मात्र बाहिरिने निर्णय भएको उनले बताए। राष्ट्रपतिको निर्वाचनका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले अन्य ८ दलको गठबन्धन बनाएपछि एमाले एक्लिएको हो।

प्रदेश सरकारबाट के गर्ने भन्ने निर्णय भइसकेको छैन।

Comment


Related News

Latest News

Trending News