अपडेट 
२०७९ फाल्गुन १६, मंगलवार ०७:५४

सभ्यता, संस्कृति र भाषा मानव समुदायको पहिचान हो।मिथिला हाम्रो सभ्यता र संस्कृति हो भनेर गर्वका साथ भनिन्छ।मिथिला क्षेत्रको प्रमुख भाषा मैथिलि हो र यो भाषा बोल्ने मानिसहरु मैथिल हुन्।मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास स्वर्णिमएवं गौरवमय छ।इतिहासमा मिथिला वैभवशाली थियो र आज पनि छ।केबल वैभव फर्काउने गरी काम हुन सकेकोछैन्। सनातन संस्कारको महान अनि पावन उदाहरणीय घटनाहरु मध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो।त्रेता युगमा रघुवंशी राम र मिथिलाकी राजकुमारी सीताबिच कसिएको लगनगाँठोको गाथा अझै पनि चर्चित छ र आत्मसात् गरिन्छ।राजा जनकको राज्य मिथिला र राजधानी जनकपुरधाम अज पनि शोभायमान छ।जानकी मन्दिर विश्वशभरका हिन्दुको अस्थाको केन्द्र बनेर नेपाललाई चिनाएको छ।मिथलाको भजन, कीर्तन एवं पुनित कार्यहरुले आज पनि नेपाली भूमि हरेक पल पुलकित छ ।

शिक्षाको लागि मिथिला उर्वर भूमि हो।पूर्वीय षड्दर्शन (६दर्शन) मध्ये ४ दर्शनको उद्गम स्थल मिथिला नै हो।मिथिला क्षेत्रले नेपाल र भारतबीच सांस्कृतिक र सामाजिक सम्बन्धलाई अटुट रुपमा जोडेको छ। याज्ञवल्क्य, जनक,अष्टावक्र, न्यायवार्तिकका रचैता उद्योतकर, उदयनाचार्य, गंगेश उपाध्याय जस्ता पछिल्ला चिन्तक जनकपुरमै जन्मेको मानिन्छ।जसले जनकपुरको परिचयमाथि प्रकाश पारेका छन् । जनकपुर क्षेत्रको पौराणिक भूगोलका विषयमा विभिन्नक साहित्यमा चर्चा पाइन्छ।प्राचीन बौद्धग्रन्थ सुरुचि जातक र गान्धार जातक कथाहरुमा मिथिलाको क्षेत्रफल १ हजार २ सय कोश रहेको उल्लेख छ। त्यस्तै बृहत विष्णुापुराण अनुसार पूर्वमा कौशिकी (कोशी) नदीदेखि पश्चिममा गण्डक (गण्डकी) नदीसम्म र उत्तरमा हिमालयदेखि दक्षिणमा गंगासम्म मिथिला फैलिएको थियो। गण्डतक किनारमा रहेको जंगललाई त्यति बेला चम्परायन भनिन्थ्यो। गण्डकदेखि चम्परायनसम्म फैलिएको क्षेत्र विदेह नामले प्रख्यायत थियो जसलाई तिरभुक्ती वा तिर हुत भन्न् थालियो।वर्तमान राजनीतिक भूगोलमा भारतका केही भाग र नेपालका केही भागमा तत्कालीन मिथिला सभ्यता परिवेष्ठित थियो भन्न् सकिन्छ। मिथिला मध्यमा परिक्रमा प्राचीन मिथिलाको मध्यभागको वार्षिक आवधिक यात्रा हो।त्रेतायुगबाट आजसम्म पनि उत्तिकै महत्व र लगनका साथ पुस्तौंपुस्ता चलिआएको छ। यो प्राचीन मिथिलाको मध्य भागको गोलाकार यात्रा हो।यसले ४० कोश अर्थात १२८ किमी गोलाकार मार्गको दुरी कभर गर्दछ।यो १८ औं शताब्दीमा रचिएको मिथिला महात्म्य महाकाव्यमा उल्लेखित छ।

यस परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसंग सम्बन्ध राख्नेय स्थान र अवयवहरु छुने गर्दछ।फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने यो परिक्रमामा साधुसन्तलगायत श्रद्धालु भक्तजनहरु मिथिला बिहारीको डोलाको पछिपछि परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा पैदल यात्रा गर्ने परम्परा छ। महाशिवरात्री सम्पन्नझ भए लगत्तै प्रारम्भ हुने यो धार्मिकयात्रा सम्भवत विश्वमा सबै भन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा मध्येको एक हो। प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना गरिएको चार शिवालय कल्याणेश्व र, जलेश्वार, क्षीरेश्वसर र सप्तेसश्वेरनाथलाई आधार मानी मिथिला मध्यमा परिक्रमा गर्ने परम्परा छ।यस धार्मिकयात्रालाई मिथिलाको माहाकुम्भ समेत भन्नेस गरिन्छ ।यस परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सीतामढी, बैजनाथधाम र नेपालको मिथिलाका साधुहरु मात्र होइन गृहस्थ नर नारीहरु समेत उल्लेख्यद रुपमा सहभागी हुने गर्छन्।यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेक पाप नष्टर भएर मनोकामना पुरा हुने र मोक्ष प्राप्तम हुने धार्मिक मान्यता रहेको छ।जनकले पनि गृहस्थाश्रममै रही सम्पूर्ण राजकाज चलाएरै मोक्ष प्राप्त गर्न सफल भएको मानिन्छ। महाकाव्य मिथिला महात्मयको तेस्रो अध्याय अनुसार कार्तिक, फाल्गुण र वैशाखमा यो परिक्रमा यात्रा गर्न सकिन्छ।तर विभिन्नय कारणले फाल्गुणमा गरिने परिक्रमा अहिले पनि चलनमा रहेको छ।यस परिक्रमामा रुचि राख्नेयको संख्या र महत्व दुवै असाध्यै छ।परिक्रमा अवधिमा १५ धार्मिक स्थलमा विश्राम गर्दै १५ दिन सम्म पैदल यात्रा गरिन्छ । १५ विश्राम स्थल मध्ये ११ नेपालमा र ४ भारतमा रहेका छन् ।

सबै विश्राम स्थल विशेष धार्मिक महत्व बोकेको स्थलहरु रहेका छन् । यी स्थलहरुको महत्व राम सीता विबाह सँगै राजा जनकसँग विशेष सम्बन्ध रहेको मान्यता रहेको छ।यी स्थलहरुमा राम सिता विबाहको विभिन्न विधि सम्पन्न गरिएको मान्यता छ। बृहत मिथिला परिक्रमा, मिथिला मध्यमापरिक्रमा र अन्तरगृह परिक्रमा गरीतीन प्रकारकामिथिला परिक्रमा हुन्छ।बृहत मिथिला परिक्रमाले ८४ कोश दुरी ओगटेको छ, त्यसैले यसलाई चौरासी कोशीय परिक्रमा भन्नेथ चलन छ।यसले गंगा नदी, गण्डकक नदी , हिमालय र कोशी नदी नजिकको मिथिला क्षेत्रलाई समेट्छ।यसले धेरै ठुलो दुरी कभर गर्दछ।मिथिला मध्यमा परिक्रमा बृहत मिथिला परिक्रमा भन्दा सानो छ।सक्नेले ५ दिनमा पनि मध्यमा परिक्रमाको यात्रा सकाउने गरेका छन्, तथापि सबैको ल्यागत र शक्तिलाई ध्यानमा राखेर परिक्रमा अवधिलाई १५ दिनको बनाइएको पाइन्छ । जनकपुरबाट ३ कि.मी.को दुरीमा रहेको ठेरा कचुरी स्थित मिथिलाबिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरको अग्नीकुण्डबाट किशोरीजीको डोलाको नेतृत्वमा विभिन्न झाकी र किर्तन टोलि सहीत परिक्रमा यात्रा प्रराम्भ हुने चलन रहेको छ।परिक्रमामा विभिन्न डोलाहरुको समेत सहभागिता रहने गर्छ ।परिक्रमा अवधिभर सहभागीहरुले भजन किर्तन सहीत विभिन्न झाँखीमा सहभागी हुने र रमाउने गर्छन। पहिलो दिनको विश्राम स्थल जनकपुरको हनुमाननगर रहेको मिथिला मध्यमा परिक्रमाको दोस्रो दिनको विश्राम स्थल भारतको कलानेश्वर रहेको छ ।कलानेश्वरमा रहेको शिव मन्दिरमा राजा जनक शिवको पुजा गर्न आउने गर्थे।यात्राको संकल्प यहीँ ठाउँमा गरिन्छ।

तेस्रो दिनको विश्राम स्थल भारतकै फुलहरको गिरिजास्था रहेको छ।गिरिजास्थानमै राम र सीताको पहिलो भेट भएको विश्वाश गरिन्छ ।यहाँ सीता फुल टिप्न आउने गर्थिन । दोस्रो र तेस्रो दिनको भारत विश्रामपछि परिक्रमा यात्रा लेपालको महोत्तरी प्रवेश गर्छ।चौथो दिनको विश्राम स्थल महोत्तरीको मटिहानी रहेको छ।मटिहानीमै सीताको मटकोर भएको थियो ।सीताको बिहे हुँदा वेदी बनाउन यहीँको माटो लगिएको भनिन्छ।पाँचौ दिनको विश्राम स्थल महोत्तरीको जेश्व।र रहेको छ।जलेश्वदर महोत्तरी जिल्लाको सदर मुकाम हो र यहा बहु चर्चित जलेश्वतरनाथ मन्दिर रहेको छ।छैठौ दिनको विश्राम स्थल महोत्तरीको मडई रहेको छ।मडईमै राम र सीताको विबाह उत्सव समपन्ने भएको मान्यता रहेको छ। सातौ र आठौ दिनको विश्राम स्थल पनि क्रमशः महोत्तरीकै ध्रुवकुण्ड र कंचनवन रहेको छ।कंचनवनमा राम र सीताले होली खेलेको विश्वाकस रहेको छ।परिक्रमा यात्राको क्रममा सहभागीहरुले कंचनवन पुगी होली खेले सँगै मिथिलामा रंगअबिर र उत्सवको पर्व होली शुरु भएको मानिन्छ । चौथो देखि आठौ दिन सम्माको लगातार ५ दिनको महोत्तरी विश्रामपछि परिक्रमा यात्रा नेपालको धनुषा जिल्ला प्रबेश गर्छ।नबौ दिनको विश्राम स्थल धनुषाको पर्वता रहेको छ।क्षीरेश्वरनाथको दर्शन गर्दै परिक्रमा यात्रीहरु रातको बास बस्न पर्वता पुग्ने गर्दछन।दशौ दिनको विश्राम स्थल धनुषाको धनुषाधाम रहेको छ।धनुषाधाममा सीता स्वंबरको क्रममा रामले भाँचेको धनुषको अवशेषरहेको छ। एघारौ दिनको विश्राम स्थल धनुषको सतोषर रहेको छ।यहा सप्तेरश्वँर महादेवको मन्दिर रहेको छ।

बाह्रौ दिनको विश्राम स्थल धनुषाकै औरही रहेको छ ।नबौ दिन देखि बाह्रौ दिन सम्मको धनुषा विश्रामपछि पुनः परिक्रमा यात्रा भारत प्रबेश गर्छ ।तेह्रौ दिनको विश्राम स्थल भारतको करुणा रहेको छ ।करुणामा राजा जनक करुणा माहासागरमा डुबेको मान्यता रहेको छ।चौधौ दिनको विश्राम स्थल बिसौल रहेको छ।बिसौलमा परिक्रमा यात्रीहरुले करही बरी खाने चलन रहेको छ।मिथिलामा करही बरी विशेष समयमा खाने चलन रहेको छ।पन्ध्रौ दिनमा परिक्रमा यात्रीहरु पुनः कलानेश्वर हुदै जनकपुर आइ जनकपुरमा बास बस्ने गर्छन्।भोली पल्ट पुर्णिमाको दिन बिहानैअन्तरगृह परिक्रमा पश्चाजत परिक्रमा यात्रा समापन्न हुन्छ । मध्यमा परिक्रमामा सहभागीहरु अन्तरगृह परिक्रमामा सहभागी हुनै पर्ने मान्यता छ।अन्तरगृह परिक्रमामा सहभागी नभई परिक्रमा यात्रा सफल भएको मानिदैन साथै मध्यमा परिक्रमामा सहभागी हुन नसकेकाहरु पनि अन्तरगृह परिक्रमामा सहभागी हुने गर्छन् ।अन्तरगृह परिक्रमामा सहभागी हुन समेत उल्लेख्य मात्रामा सहभागीहरु आउने गर्छन्।अन्तरगृह परिक्रमा जनकपुर सहरको गोलाकार मार्ग समेट्छ। जानकी मन्दिर र राम मन्दिरलाई केन्द्रमा राखेर विभिन्नम मठ मन्दिरमा दर्शन, पुजा गरी अन्तरगृह पञ्चककोशीय परिक्रमा सम्पन्न गरिन्छ।अन्तरगृह परिक्रमा समापन भएको भोली पल्ट अर्थात पुर्णिमाको भोलि पल्ट मात्र बिधिवत रुपमा होली मनाउने चलन रहेको छ, तँराईमा बिशेष गरि मिथिलामा । परिक्रमामा सहभागीहरुको सहयताको लागि विभिन्न संघ संस्था र स्थानीय बासिन्दाले निःशूल्क स्वास्थ शिविर , खानेपानी र भोजनकोसमेत व्यवस्था गरेका हुन्छन्।

विश्राम स्थलहरुमा यात्रीहरुको लागि विभिन्न सामाग्रीहरुको व्यवस्था गर्ने र स्वागत गर्न स्थानीय बासिन्दाहरु सक्रीयरुपमा सहभागी हुने गर्छन्।परिक्रमामा सहभागी यात्रीहरु दिउँसो एक विश्राम स्थलबाट अर्को विश्राम स्थलमा जाने , बास बस्न बास स्थानको व्यवस्थापन गर्ने र सञ्चालन हुने विभिन्न धार्मिक र सांस्कृतिक गतिविधीमा सहभागी हुने गर्छन। त्यस्तै रातको समयमा भजन किर्तन लगायतको कार्यक्रममा सहभागी हुने र आराम गर्ने गर्छन ।सहभागीहरु रातको बास गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा वस्ने गर्छन्। सिमरा क्षेत्र, सिम्रौनगढ र तिरहुत राज्य भनी चिनिने जनकपुर क्षेत्रले नेपालको पूर्वमध्यकालको इतिहासमा बिशेष भूमिका खेलेको ऐतिहासिक तथ्यहरुबाट सिद्ध छ।१४ औँ शताब्दीमा नेपालको बाटो भएर भारतसम्म यात्रा गर्ने तिब्बती बौद्ध तिर्थयात्री धर्मस्वामीले आफ्नोा यात्रा वृतान्तमा मिथिला क्षेत्रको उल्लेख गरेका छन्।सन्१०९७ मा नान्यथदेवद्वारा स्थापना गरिएको सिम्रौनगढ राज्याले एकातिर हिन्दुउ धर्म र संस्कृतिको संरक्षणमा भूमिका खेलेको थियो भने अर्कोतिर काठमाडौंका मल्ल राजाहरुको राजनीतिमा समेत कुटनीतिक र सैन्यू प्रभाव पारेको थियो। लगभग सवा दुई सय बर्षसम्म यो स्वतन्त्रा राज्यकका रुपमा रह्योत। मिथिलाका राजा जनक, जो नेपालको राष्ट्रिय विभूतिका रुपमा स्थापित छन् , जो पुराणहरुमा व्यास, पाणिनी, अष्टाकवक्रलगायत ऋषिको लहरमा परिचित छन् , उनले विभिन्नज ऋषिसँग जिज्ञासुका रुपमा शास्त्रा र्थ गर्ने क्रममा जे–जति ज्ञान प्राप्तत गरे , त्यसलाई जनकदर्शन भनिन्छज। जनकका विचारहरु कुनै लिखित ग्रन्थतका रुपमा त छैनन् , तर महाभारत, श्रीमदभागवत, देवीभागवत, बृहदारण्य कोपनिषद, अष्टा वक्र, गीतालगायत ग्रन्थजमा छरिएर रहेका छन्। जनक को हुन?

नेपालको सन्दटर्भमा जनकपुरधाम अर्थात मिथिला सभ्यतालाई पौराणिक सभ्यताको रुपमा विवेचना गरिएको पाइन्छो। अयोध्या्का राजा मनुका पुत्र निमि, जसका मिथि नामका छोराले मिथिला नामक सहर स्थापना गरेको प्रसंग भविष्य्पुराणमा छ। निमिका पुत्र मिथि नै मिथिलाको संस्थापक भएकाले उनलाई जनक भनिएको र उनकै नामबाट जनकपुर अर्थात मिथिला नाम रहन गयो र जनक शब्दप एक उपाधिका रुपमा प्रचलित भयो। निमि देहरहित मानिएकाले यस क्षेत्रलाई विदेह राज्यग पनि भनिन्छद ।

Comment


Related News

Latest News

Trending News