अपडेट 
२०७९ फाल्गुन १६, मंगलवार ०७:५८

जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलामा आयोजक संस्थाले ४५ लाखको क्षति ब्यहोरेको छ ।

गत फागुन ५ गते देखि १४ गतेसम्म चलेको सो मेलामा अनुमान गरिएको भन्दा कम कारोबार भएपछि आयोजक संस्था जनकपुर उद्योग वाणिज्य संघलाई ४५ लाखको क्षति भएको छ । आयोजकले मेलामा करोबारको लागि १५० वटा स्टल राखेका थिए । तर, मेलाको अवधिमा मात्रै ९० वटा स्टलमा व्यापार प्रयोजनमा प्रयोग भएको र बाँकी स्टल खाली नै रहन गएकोले आफूहरुलाई संस्थाागत रुपमा ४५ लाखको आर्थिक भार परेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । उनले मेला अवधिमा मात्रै ४ करोडको हाराहारीमा कारोबार भएको बताए । यसप्रकारको मेला जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको थियो, महासेठले भने,‘ हामीसँग बढी अनुभवहरु पनि थिएन, प्रचार प्रसारको अभाव पनि रह्यो, त्यसकारण सोचेको जस्तो कारोबार हुन सकेन । तर यो अनुभवले फेरि पनि यस्ता कार्यक्रम गर्न हौसला प्रदान गरेको छ ।’ स्थानीय उत्पादनलाई प्रचार प्रसारको माध्यमले अन्य ठाउँमा समेत चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएकोले नाफा घाटा भन्दा पनि आफूहरुको उद्देश्य पूरा भएको अध्यक्ष महासेठले बताए ।

मेलामा नेपालसहित भार त,पाकिस्तान र बंगलादेशका व्यापारीहरुले आफ्नो उत्पादनहरुलाई बिक्रीका लागि स्टल राखेका थिए । मेलामा कपडाको बढी कारोबार भएको उनले बताए । मेलाको प्रवद्र्धन उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर क्षेत्र विकास परिषद् रहेको थियो भने वित्तीय पार्टनर सिटीजन बैंक रहेको थियो । मेलामा चार पांग्रे सवारी साधनदेखि इलेक्ट्रोनिक सामान,लत्ताकपडा,मोटरसाइकल, ट्रयाक्टर,इ–रिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङ्गका सामान तथा घरायसी सामानहरु बिक्री वितरण भएको छ ।

Comment


Related News

Latest News

Trending News