अपडेट 
२०७९ फाल्गुन १६, मंगलवार १५:३९

आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चाैथाे खेलमा विजयी भएकाे छ । मङ्गलवार यूएईमा भएकाे खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चाैथाे जित निकालेकाे हाे ।

मलेसियाले दिएकाे ७३ रनकाे सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायाे । नेपालका लागि दीपक बाेहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयाे । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बाेहराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्राे खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । याे जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ ।

अब नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । यूएईलाई हराएमा नेपाल समूह विजेता बन्दै विश्व कपमा छनाेट हुनेछ । यसअघि नेपालले सन् २०१६ मा विश्व कपमा स्थान बनाएकाे थियाे । १९ वर्षमुनिकाे विश्व कप आउँदाे वर्ष श्रीलङ्कामा हुँदैछ । याे प्रतियाेगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।

Comment


Related News

Latest News

Trending News