
धनुषा प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको पाँच लाख भन्दा बढीको सामान नियन्त्रणमा लिएको छ ।
सोमबार अबेर राति जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ चोरी गरी ल्याउँदै गरेको दुई थान मोटरसाइकल तथा किरानाका सामानहरु नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामानहरु ५ लाख १६ हजार ९ सय ६० रुपियाँ मूल्य बराबरको रहेको बताइएको छ । नियन्त्रणमा लिइएका सामानहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेद प्रकाश गौत्तमले जनाएका छन् ।