अपडेट 
२०७९ फाल्गुन १७, बुधबार ०७:३७

सन्त रामपालका अनुयायीहरुले जनकपुरधाममा आध्यात्मिक चेतना यात्राको प्रदर्शन गरेका छन् ।

पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा धनुषाको मिथिला नगरपालिकास्थित सतलोक आश्रमबाट आध्यात्मिक चेतना एवं सतगुरु शोभा यात्रा निकालिएको थियो । फागुन १८,१९ र २० गते सतलोक आश्रम धनुषामा आयोजना हुन लागेको सन्त गरीबदास महाराजको वोध दिवसको अवसरमा सो यात्रा निकालिएको जनाइएको छ । आयोजना हुन लागेको वोधदिवसमा अखण्ड पाठ, विशाल भण्डारा,रक्तदान,दाइजोरहित विवाह कार्यक्रम गरिने जनाइएको छ ।

शोभा यात्रामा सयौंको संख्यामा मोटरसाइकल,भ्यान,जीप,कार ट्रकसहितका वाहनहरुलाई सजाएर प्रदर्शन गरिएको थियो । यात्राको माध्यमले समाजलाई नशामुक्ति,दाइजो प्रथा उन्मुलन,भ्रष्टाचारको अन्त्य अति आवश्यक सन्देश दिने विश्वास रहेको आयोजकले जनाएका छन् ।

विकृतिहरुले ग्रस्त वर्तमान समाजमा आध्यात्मिक ज्ञानको चेतना जगाइ समाजलाई कूलत, दाइजो प्रथा, बली प्रथा, अन्धविश्वास, पाखण्ड्वाद जस्ता सामाजिक विकृतिहरुबाट मुक्त गर्ने उद्देश्यले यो शोभा यात्रा निकालिएको आयोजकले जनाएको छ । स्वच्छ,सभ्य,आध्यात्मिक समाज निर्माण गरेर सर्व मानव लाई सुखी बनाउने र पूर्ण मोक्ष प्रदान गर्ने उद्देश्यले संत रामपाल महाराजले अथक प्रयत्न गरिरहेको जानकारीसमेत गराइएको छ । सतलोक आश्रम धनुषाबाट निकालिएको शोभा यात्रा जनकपुर,जलेश्वर हुँदै सतलोकआश्रममा पुगेर समापन भएको थियो ।

Comment

Related News

Latest News

Trending News