अपडेट 
२०७९ फाल्गुन १७, बुधबार १४:०३

धनुषा प्रहरीको भ्यानबाट हाम फालेर भागेका बलात्कारका आरोपित ७२ घण्टा पछि पक्राउ परेका छन् ।

आइतबार साँझ करिब ७ बजेको समयमा शहिदनगर नगरपालिका ३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बिचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका १३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हिजो राति करिब सावा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका १ ईनर्वा स्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकी छुपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

फागुन ५ गते जवरजस्ती करणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरि लैजादैँ गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीहरूमाथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपी गौतमले बताए ।

Comment


Related News

Latest News

Trending News