अपडेट 
२०७९ फाल्गुन १७, बुधबार १४:१४

वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ।

महानगरपालिकालले  वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मंगलबार साँझादेखि भत्काउन सुरु गरेको हो । 

माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई  खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन थालेपछि  स्थानीयवासीले विरोध गरेका छन् । 

पहिलेको माइराम पोखरी रहेको जग्गामध्ये १८ कठ्ठा क्षेत्रफलमा चार वर्ष अगाडि महानगरपालिकाले बाल उद्यान निर्माण समेत गरेको थियो ।

Comment

Related News

Latest News

Trending News