अपडेट 
२०७९ फाल्गुन १७, बुधबार १८:२९

नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाले सरकारमा जाने बिषयमा आफुहरु सकारात्मक रहेकाले सरकारमा जाने प्रक्रिया सुरु भएपछि छलफल अघि बढाउने बताउनुभयो । पार्टी भित्र सरकारमा गए कुन मन्त्रालय लिने भन्ने बिषयमा कुनै छलफल नै नभएको उहाको भनाइ छ ।

अहिलको अवस्थामा पार्टीले गरेका निर्णयहरु सहि नै भएको उहाले बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News