अपडेट 
२०७९ फाल्गुन १८, बिहीबार ०७:५४

जनकपुरधाममा गल्फ सेवा समाजद्वारा रक्तदान कार्यक्रमको सम्पन्न गरिएको छ ।

सो कार्यक्रममा बुधबार तप्सीचोकमा १५ जनाले रक्तदान गरेका थिए । रेडक्रस जनकपुरधाम शाखाको प्राविधिक सहयोग र संस्थाका हकिम राइनको सक्रियतामा भएको सो रक्तदान कार्यक्रममा मैनुद्दिन कबारी,मोहम्मद जसीफ कवारी,मोहम्मद रबुद्दिन कवारी,मइनुरिन कवारी,मुस्तफा खान,मोहम्मद सहबाज राइनलगायतका व्यक्तिहरुले रक्तदान गरेको जनाइएको छ । रेडक्रस जनकपुरधाममा रगतको अभाव रहेको सुनेपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रतिनिधि हकिम राइनले बताए । रक्तदान कार्यक्रमको आयोजना गरी मुस्लिम समुदायमा रगत दान गर्नेलगायतका कार्यक्रमहरुप्रति चेतनामा कमी रहेकोले समाजसेवा प्रति जनचेतना फैलाउने उद्देश्यले समेत यस कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

संस्थाले अहिलेसम्म जनकपुरधाममा पाँच पटकसम्म रक्तदान कार्यक्रमको आयोजना गरिसकेको जनाएको छ ।

Comment

Related News

Latest News

Trending News