अपडेट 
२०७९ फाल्गुन १८, बिहीबार ०८:१३

मिथिला माध्यमिकी परिक्रमा बिहीबार सत्तोषर पुग्ने भएको छ ।

बुधबार धनुषाधाममा विश्राम गरेको परिक्रमा बिहीबार विहानै (आज) ११ औं विश्रामस्थल सत्तोषर पुग्ने छ । सत्तोषर विश्रामस्थलमा सबैला नगरपालिकाले तयारी गरेका छन् । परिक्रमा पुग्नुको पूर्व सन्ध्यामा त्यहाँ सरसफाइ र शौचालय निर्माणको कामहरु गरेका छन् । सबैला नगरपालिकाले नगरमा परिक्रमाको आगमन भएको दिन सार्वजनिक विदासमेत दिएका थिए । त्यहाँको मन्दिर हरुलाई पनि सजाइएको थियो । धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट यही फागुण ८ गतेदेखि सुरु भएको परिक्रमा ११ औं विश्राम स्थलमा आइपुगेको छ ।

मिथिला बिहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता हुँदै धनुषाधाम पुगेको थियो । धनुषाधाममा रात्रि विश्राम गरेको परिक्रमा आज सत्तोषर पुगेर रात्रि विश्राम गर्नेछ । त्यसपछि परिक्रमा औरही हुँदै भारतको करुणा, विशौल र कल्याणेश्वर स्थान सम्म पुगेर पुनः १४ औं दिन जनकपुरधाम फर्किने परम्परा रहेको छ ।

जनकपुरधाम पुगेर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा पूरा भएको मानिन्छ । जुन व्यक्तिले मध्यमा परिक्रमा भाग लिन नसकेको भए पनि अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ ।

नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।

Comment


Related News

Latest News

Trending News