अपडेट 
२०७९ फाल्गुन १९, शुक्रबार ०७:१७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत एक कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय जलेश्वरमा कार्यरत सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र लेखापढी व्यवसायी ५७ वर्षीय सुभाषचन्द्र लाल कर्णलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय जलेश्वरको मुद्दा शाखामा कार्यरत जलेश्वर नगरपालिका–११ का सुब्बा पण्डितले सेवाग्राहीसँग मुद्दा फैसलाका लागि ९ हजार रुपैयाँ लिएर सम्सी गाउँपालिका–७ का सुभाष भू–सेवा केन्द्रका लेखापढी व्यवसायी कर्णको जिम्मा लगाएका थिए । दुबैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Comment

Related News