
मिथिला माध्यमिकी परिक्रमा विहीबार सत्तोषर विश्राम गरी शुक्रबार औरही आइपुगेका छन् ।
शुक्रबार विहानै (आज) परिक्रमाका श्रद्धालुहरु १२ औं विश्रामस्थल औरही आइपुगेको छ । औरही विश्रामस्थलमा परिक्रमा स्वागतको तयारी तथा सरसफाइ गरेका छन् । धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट यही फागुन ८ गतेदेखि सुरु भएको परिक्रमा १२ औं विश्राम स्थलमा आइपुगेको छ । मिथिला विहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम हुँदै सत्तोषर पुगेको थियो । सत्तोषरमा रात्रि विश्राम गरेको परिक्रमा आज (शुक्रबार) औरही पुगेर रात्रि विश्राम गर्नेछ ।
त्यसपछि परिक्रमा औरहीबाट भारतको करुणा, विशौल र कल्याणेश्वर स्थान सम्म पुगेर पुनः १४ औं दिन जनकपुरधाम फर्किने छन् । जनकपुरधाम पुगेर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् । जुन व्यक्तिले मध्यमा परिक्रमा भाग लिन नसकेको भए पनि अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद् भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।
यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।