अपडेट 
२०७९ फाल्गुन १९, शुक्रबार ११:२४

धनुषा जिल्लाको शहरी एवं ग्रामीण क्षेत्रमा रातिको समयमा डिजे/लाउडिस्पिकर बजाउन रोक लगाइएको छ।

विवाह, वर्तबन्ध, धार्मीक कार्य लगायतको कार्यक्रममा डिजे बनाउन रोक लगाइएको हो। ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न राति १० बजेपछि डिजे, माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको हो।

रातिबाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। ‘अन्य समयमा संचालन गर्दा अश्लिल गीत नबजाउन तथा ठुलो स्वरमा नबजाउनका साथै ध्वनी प्रदुषण हुने गतिविधिहरु नगर्न नगराउन आग्रह गरिएको छ’ बिहीबार प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सूचनाको कसैबाट उल्लंघन भएमा प्रचलित कानून बमोजिम तत्कालै कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ। यो निमयमको सबै स्थानीय तहबाट समेत परिपालना गर्ने व्यवस्था मिलाउन भनेको छ।

Comment

Related News